नक्कली ‘स्यानेटाइजर’ बनाएर बेच्न खोज्ने दुई जनालाई जेल

काठमाडौं । भारतको महाराष्ट्रस्थित पुणेमा ब्राण्डेड कम्पनीका स्यानेटाइजर लुकाएर डुप्लीकेट स्यानेटाइजर बनाएपछि सोमवार पुणेको अपराध शाखाले दुई जनालाई पक्राउ गरेको छ ।

एक वरिष्ठ पुलिस निरीक्षक अरुण वायकरले सिनर्जी हाइजिनिक कर्पाेरेसनमा छापा मारेर आरोपीहरु पराग दोशी र हरेस बेरालाई गिरफ्तार गरेको बताएका छन् ।

आरोपीहरुलाई कारवाहीका लागि अदालतमा पेश गरिएको थियो । सजायस्वरुप अदालतले उनीहरुलाई तीन दिनका लागि पुलिस हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै स्यानेटाइजरको माग बढिरहेको बेला नक्कली स्यानेटाइजर बनाएको पाइएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?