बच्चा जन्मिएको १८ महिनासम्म उसलाई केहि समय रुन दिनुपर्दछ !

काठमाडौं । जन्मिएको ३ महिनादेखि १८ महिनासम्मको उमेरमा बच्चालाई केहि समय रुन दिनु पर्दछ । उ रुने बित्तिकै यदि तपाई तत्काल उसको नजिक जानुभयो भने बच्चालाई उसको विकासमा असर पर्न सक्दछ ।

यो दाबी हामीले होइन, ब्रिटेनको ‘वारविक युनिभर्सिटी’ का वैज्ञानिकहरुले भर्खरै गरेको एक रिसर्चबाट पत्ता लगाएका हुन् ।

उनीहरुका अनुसार जन्मदेखि लिएर डेढ वर्ष उमेरसम्मका बच्चाहरुलाई केहि समय रुन छोडिदिँदा उनीहरुको मानसिक र शारीरिक क्षमता मजबुत हुन्छ, साथै बिस्तारै-बिस्तारै आत्म अनुशासन पनि सिक्दछ । तर बच्चा रोइरहेको बेलामा भने उसमा नजर राखिराख्नु पर्दछ ।

बच्चाहरुको रुने तरिका, व्यवहार र त्यो बेला आमाबुवाले दिएको प्रतिक्रियाको अध्ययनका लागि शोधकर्ताहरुले सात हजार भन्दा धेरै बच्चाहरु र उनका आमाहरुको अध्ययन गरेका थिए ।

केहि समय पछि उनीहरुको मूल्यांकन गरिएको थियो । जब बच्चाहरु रुन्छन्, तब के मातापिता तत्कालै हस्तक्षेप गर्दछन् वा बच्चाहरुलाई केहि समय रुन दिन्छन् ।

यो अनुसन्धानको मूल्यांकन हरेक ३, ६ र १८ महिनामा गरिएको थियो । प्रयोगमा रोएपछि माता-पितासँग बच्चाहरुले भेट्दा कस्तो प्रभाव पर्यो त्यो बारेमा पनि अनुसन्धान भएको थियो ।

नतिजामा रुने बित्तिकै तत्काल आमाबुवा बच्चाको नजिक पुगेका बच्चाहरुको विकासमा ढिला भएको र रुन छोडिदिएका बच्चाहरुको विकास छिटै हुने गरेको पाइएको थियो ।

रुन छोडिदिएका बच्चाहरु छिटै चञ्चल,मानसिक र शारीरिक क्षमतामा अत्याधिक वृद्धि भएको पाइएको थियो ।

अध्ययनका प्रमुख डाक्टर एयटन बिलगनले ७ हजार भन्दा धेरै आमाहरुको पनि शोधमा अध्ययन गरिएको बताए ।

अध्ययनमा उनी कति संवेदनशील हुन्छिन् र बच्चमा त्यसको कति असर पर्दछ भनेर पनि खोज गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?