सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्।
आवास, कार्यालय, निजी सचिवालयको सेवासुविधा विस्तार गर्नुपर्ने उनीहरूका मुख्य माग छन्। प्रदेश प्रमुखको ‘प्रोटोकल’ मिलाउन पनि उनीहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गरेका छन्। त्यसका लागि प्रमुखहरूले ७ बुँदे ध्यानाकर्षणपत्र विभिन्न दलका प्रमुखदेखि केन्द्र सरकारका प्रमुखसम्मलाई बुझाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटी आफ्ना समस्या सुनाउने र समाधान खोज्ने उद्देश्यले उनीहरू काठमाडौंमा छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया