काठमाडौं – काठमाडौंको कपन र सतुंगलबाट प्रहरीले ३ लाख बढी मास्क बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सो छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो । गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको संक्रामक कोरोना भाइरस कोभिड १९ को कारण विश्व त्राहिमाम छ ।
कोरोना भाइरस ‘कोभिड १९’का कारण अहिलेसम्म विश्वभरिबाट ५ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ८ सय ८४ जनामा यसको संक्रमण भेटिएको छ ।
दुई महिनाअघि चीनको वुहान शहरबाट फैलिएको यो महामारी अहिले १ सय ५२ वटा राष्ट्रहरुमा देखापरिसकेको छ । यसैबीच नेपालमा मास्क , सेनिटाईजर खाना पकाउने ग्यास लगायतको अभाव देखिएको छ । कतिपय वस्तु कालोबजारी गरेको भन्दै सरकारले केहिलाई कारवाही समेत गरेको छ ।
उता कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स भर्खरै सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया