पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले श्रीमान जीपी तिमिल्सिनाबाट आफूअलग भएको बताएकी छन् । एक टेलिभिजन कार्यक्रममा भएको कुराकानीका क्रममा उनले यसबारेमा जानकारी गराएकी थिइन् ।

आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको बताउँदै खड्गीले अब एकसाथ अगाडि बढ्न नसक्ने उल्लेख गरेकी हुन् ।

१७ वर्षको लामो सम्बन्धलाई उषा र जीपीले टुंग्याउने निर्णय गरेका छन् । दुई वर्ष लामो प्रेम सम्बन्धमा रहेर आजभन्दा १५ वर्ष अगाडि उनीहरुले विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?