प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारको खुला कोठामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँका लागि छुट्टै बेड राखिएको छ, कुर्चीहरू टाढा राखिएका छन्, छुट्टै विशेष कक्ष बनाइएको छैन,’ सचिवालयका एक सदस्यले भने, ‘उहाँ मास्क लगाएर बस्नुभएको छ, भेट्ने व्यक्तिहरूले पनि टाढैबाट उहाँसँग माक्स लगाएरै कुराकानी गर्छन् ।’
चिकित्सकहरूले कम्तीमा पनि तीन फिट टाढा रहेर मात्र थोरै कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् । तर, मन्त्रिपरिषद् बैठक र पार्टी सचिवालय बैठक बोलाउनुपर्ने अवस्थामा भने चिकित्सकहरूको सुझाबलाई ख्याल गरेर बीचमा सिसा राख्ने कि नराख्नेबारे सचिवालय निर्णयमा पुग्न बाँकी छ । अहिले थोरै मान्छेसँग केहीबेर एक्लाएक्लै भेट्नेबाहेक बैठकै आयोजना गर्ने गरी उनको स्वास्थ्यमा सुधार भइसकेको अवस्था भने नरहेको उच्च स्रोतले जनाएको छ । नयाँ पत्रिकामा खबर छ । तर सार्वजिनक फोटोमा भने अरुले मास्क लगाएपनि ओलीले लगाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया