काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि संयुक्त राज्य अमेरिकाले राष्ट्रिय आपतकालको घोषणा तयारी गरेको छ । न्यूयोर्क टाइम्सले ह्वाइट हाउस स्रोतलाई उदृत गर्दै आपतकाल घोषणा गर्न लागिएको जनाएको छ ।
यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली समयअनुसार शुक्रबार मध्यरातपछि आयोजित सो पत्रकार सम्मेलनमा ट्रम्पले सम्बोधन गर्दै राष्ट्रिय आपतकालको घोषणा गर्ने तयारी गरेको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकामा हालसम्म १८४० जनामा संक्रमण देखिएको छ भने ४१ जनाको मृत्यु भइसकेको छ। कतिपयले अमेरिकाले वास्तविक सूचना लुकाएको समेत आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया