धनुषामा घरेलु मदिराले लियो ९ जनाको ज्यान

जनकपुर । धनुषामा अवैध मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ ।

होली पर्वको अवसरमा सो मदिरा सेवन गर्दा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयाका मानिसहरुको मृत्यु भएको हो ।

मंगलबारदेखि शुक्रवारसम्ममा नम्बर २ मा ५ र वडा नम्बर १ मा ४ गरी जम्मा ९ जनाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नम्बर २ बस्ने राजु महरा, रामनारायण महरा, गुदरी महरा, विलास मण्डल, ब्रम्हदेव यादव तथा वडा नम्बर १ बस्ने इन्द्रजीत महरालगायत छन् ।

अन्य केही गम्भीर विरामी रहेको र उनीहरुको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घटना पश्चात प्रहरीले गाउँमा अवैध मदिरा भट्टी संचालक रामनन्दन साह र नाम नखुलेका एकजना महिलालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?