काठमाडौं । नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् । तर, उनले यो प्रकरण बराल दोषी वा निर्दोष के हो ? भन्नेबारे प्रहरी प्रशासनले अनुसन्धान तथा छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाहीले नर्सिङ काउन्सिलकी सदस्य समेत रहेकी बराल आफूहरुको अभियानकी जिम्मेवार व्यक्ति भएको उल्लेख गर्दै उनीमाथि लागेको आरोप सत्य प्रमाणित भए कारबाहीको लागि आफूहरुले नै मुद्दा दर्ता गराउने पनि स्पष्ट पारे ।
उक्त प्रकरणमा देखिएको फेसबुक मेसेन्जरको संवाद पनि ‘फेक–आइडी’ बाट भएको शाहीको स्पष्टोक्ति थियो । ‘संवादमा पैसा पठाएको भनेर प्रेषित आई.एम.ई नम्बरको मैले ट्रयाक गरेको थिएँ, त्यो छानबिन गर्दा फेक नम्बर भएको पाईयो, जीता बराल आँफैंले त्यो कुरा गलत हो भनेर नै आजमात्रै काठमाडौं प्रहरी परिसर टेकुमा गएर मुद्दा दर्ता गराउनुभएको छ, उहाँले दर्ता गराएको मुद्दा नम्बर १९२९ हो ।’
६० अर्बको एनसेल काण्ड र नागरिकता बेचबिखन गर्ने समूहलाई समेत आफूहरुले यसअघिनै पर्दाफास गराईसकेको बताउँदै शाहीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दा र आवाज उठाउँदा आफूमाथि तीनपटक भौतिक हमलासमेत भएको स्मरण गराए ।
यो प्रकरणमा जीता बरालको नाममा नक्कली फेशबुक आईडी बनाएर यस्तो प्रपञ्च रच्ने पास्कल रोकाया नामका व्यक्तिले धेरै अघिदेखि ठगी गर्दै आएकोसमेत शाहीले खुलासा गरे । ‘प्रहरीले तत्कालै उनलाई कारवाही नगरे हामी आफ्ै ठगी गर्ने व्यक्ति रोकायालाई समातेर प्रहरीसमक्ष लैजान्छौं ।’–शाहीको उद्घोष थियो ।
त्यसैगरी कार्यक्रममा यो प्रकरणमा नाम मुछिएकी जीता बराल जो नर्सिङ काउन्सिलकी बोर्ड मेम्बरसमेत हुन उनले आफ्नो नामबाट ‘फेक–आईडी’ बनाएर पास्कल रोकायाले घुस मागेको प्रष्टीकरण दिएकी छिन् । उनले भनिन्,‘ठगी गर्ने व्यक्तिलाई तत्काल कानूनी दायरामा लयाउनुपर्छ, र उनलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’
त्यसैगरी कार्यक्रममा पीडित नर्स आफूले फेसबुकमा रहेको सिटिइभिटीको ग्रुपमार्फत रोकायासित कुराकानी भएको स्पष्ट पारिन् । उनले भनिन्,‘म पास भएपछि मसित पैसा मागेको थियो ।’
नेपाल नर्सिङको रिजल्ट अगाडि नै रोकायसँग आफ्नो कुरा भएको उनले बताईन् । नेपाल नर्सिङ काउन्सिलमा पास गराउन चार्ज लाग्छ र तिमीले ७० हजार दिनुपर्छ भन्दै रोकायाले घुस मागेको उनको गम्भिर आरोप छ । यसो नगरे रोकायाले नर्सिङ काउन्सिलको डकुमेन्टलाई रद्द गराईदिन्छु भन्दै धम्कीसमेत दिएको उनले सुनाईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया