न्युयोर्कमा ११०० फिट उचाइमा बन्यो व्युइङ्ग प्लेटफर्म

काठमाडौं । अमेरिकाको शहर न्युयोर्कमा रहेको हड्सन याड्र्स बिल्डिङमा ११ सय फिट उचाईमा व्युइङ्ग प्लेटफर्म बनाइएको छ ।

भिजिटररुले ३६ डलरको टिकट काटेर उक्त प्लेटफर्मबाट शहर हेर्न सक्दछन् । साथै त्यसमा भिजिटरहरुले अन्य १६ डलर खर्च गरेमा स्याम्पेन पनि सर्भ गरिन्छ ।

उक्त प्लेटफर्म बुधवार आम सर्वसाधारणहरुका लागि खोलिएको थियो । उक्त प्लेटफर्म ग्लासबाट निर्माण गरिएको छ । त्यहाँबाट भिजिटरहरुले न्युयोर्क शहरको ३६० डिग्री भ्यु देख्न सक्ने दाबी गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?