काठमाडौं । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोका प्रेस सेक्रेटरी फाबियो वाजगार्टेनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
राष्ट्रपति बोलसोनारोका प्रेस सेक्रेटरीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनलाई पनि नगरानीमा राखिएको बिहीबार स्रोतले सीएनएनलाई पुष्टि गरेका हुन् । प्रेस सेक्रेटरी वाजजार्टेनले मार्च ७ मा अमेरिकी राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा एक कार्यक्रममा भेट गरेका थिए ।
राष्ट्रपति ट्रम्पले फ्लोरिडास्थि मार(अ(लागो रिसोर्टमा आयोजना गरेको रात्रिभोजमा उपस्थित प्रेस सेक्रेटरी वाजर्गाटेले ट्रम्पसँगै जोडिएर तस्बिर खिचाएका थिए ।
ट्रम्पलाई अहिले कोरोना परीक्षण गर्न आवश्यक नरहेको ह्वाइट हाउसले जनाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया