चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिन नेपाल सरकारले पर्यटक भिसा दिने र हिमाल आरोहण बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले उक्त निर्णयको कारण भ्रमण वर्ष २०२० को औचित्य समाप्त भएको छ । पर्यटक भिसा कहिलेदेखि कहिलेसम्मका लागि बन्द गर्ने भन्ने निर्णय भने मुख्यसचिवले विभिन्न मन्त्रालयसँगको छलफलपछिमात्र गर्ने बताइएको छ ।
रोगको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले तत्कालको लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो । यस्तै हिमाल आरोहण हाललाई बन्द गर्ने निर्णय पनि भएको आर्थिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया