‘लडाकु’ बनाउन किशोरीको अपहरण : खोज्दै जाँदा प्रहरीको फन्दामा परे १४ जना

काठमाडौं- किशोरी अपहरण गरेको अभियोगमा प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको छ। घटना उदयपुरको हो । ६ जना महिला र ८ जना पुरुषको समुहले लडाकु बनाउने भन्दै किशोरीको अपहरण गरेको थियो ।

बुधवार दिउँसो धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ बाट १४ वर्षीय किशोरीको अपहरण भएपछि प्रहरीमा पीडितका आफन्तले उजुरी दिएका थिए । लगत्तै प्रहरीले बालिकाको खोजी गरेको थियो। बालिकासहित १४ जना कार्यकर्ता नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीबाट एसपीको कमान्डमा ८० जना र सशस्त्र प्रहरीको तर्फबाट ३० जनाको टोलीले खोजी गर्दा उदयपुरको कटारी नगरपालिकाबाट बालिकालाई उद्दार गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले तीन थान पेस्तोल, ११ वटा सकेट बम र प्रेसर कुकर बम लगायत अन्य सामाग्री पनि फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?