कुन देशसँग कति छन् परमाणु हतियार ? सबैभन्दा धेरै को सँग ?

काठमाडौं । अमेरिका र ईरानको बीचमा केहि समय अगाडि भएको तनाव पछि धेरै जसोले कुन देश धेरै शक्तिशाली छ ? भनेर आँकलन गरेका थिए । परमाणु हतियारका कारण हरेक देश एक अर्कासँग टक्कर दिन पछि हट्दैनन् ।

संसारका हरेक देश आफ्नो आधुनिक अस्त्र बनाउन लागि परिरहेका छन् । त्यसैले अहिले एक पछि अर्काे कसले धेरै परमाणु हतियार बनाउने भन्ने होडबाजी चलेको छ ।

अहिलेसम्म ७ कुन देशसँग कति छन् परमाणु हतियार ? सबैभन्दा धेरै कोसँग छ ? देशहरुसँग धेरै परमाणु हतियार रहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा हतियारहरुको निगरानी राख्ने संस्था सिपरीको अनुमान अनुसार सन् २०१९ को शुरुवातमा संसारमा परमाणु हतियारको संख्या १३ हजार ८ सय ६५ थियो ।

उक्त आँकडामा तैनाथ गरिसकिएका सबै हतियार गनिएको थियो । आज हामी संसारका कुन देशसँग कति परमाणु हतियार छ ? भन्ने बारेमा जानकारुी दिनेछौँ ।

१.रुस

एक रिपोर्टका अनुसार परमाणु हतियारको संख्याको मामलामा रसिया सबैभन्द्या अगाडि रहेको छ । रुससँग् ६ हजार ८ सय ५० परमाणु हतियारहरु छन् । सन् १९४९ मा रुसले पहिलो पटक परमाणु परिक्षण गरेको थियो ।

२. अमेरिका

संसारकै सबैभन्दा शक्तिशाली मानिने अमेरिकामा सन् १९४५ मा पहिलो पटक परमाणु परिक्षण गरिएको थियो । अमेरिकासँग अहिले ६ हजार १ सय ८५ परमाणु बम रहेको छ ।

अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणुले हमला पनि गरिसकेको छ ।

३. फ्रान्स

युरोपमा सबैभन्दा धेरै परमाणु हतियार फ्रान्ससँग रहेको छ । फ्रान्ससँग ३ सय परमाणु हतियार रहेका छन् । त्यसैले फ्रान्स संसारकै तेश्रो सबैभन्दा धेरै परमाणु हतियार धारक देश बनेको छ ।

अमेरिका, रुस, युके पछि फ्रान्सले नै परमाणु हतियारको परिक्षण गरेको थियो ।

४. चीन

परमाणु बम राख्नेमामलामा चीन चौथो नम्बरमा पर्दछ । चीनसँग अहिले २८० परमाणु बम रहेका छन् । तर चीनले लगातार परमाणु हतियार बनाउने प्रयास गरिरहेको छ ।

चीनले पहिलोपटक परमाणु हतियार सन् १९६४ मा र अन्तिम पटक परिक्षण २९ जुलाई सन् १९९६ मा गरेको थियो ।

५.युनाईटेड किंगडम

युकेसँग अहिले २१५ वटा परमाणु हतियार छन् । अमेरिका र रुसपछि युकेले नै परमाणु हतियारको परिक्षण गरेको थियो ।

युकेले पहिलो परिक्षण ३ अक्टुबर सन् १९५२ र अन्तिम पटक परिक्षण २६ नोभेम्बर सन् १९९१ म गरेको थियो ।

६. पाकिस्तान

पकिस्तान परमाणु हतियार धेरै हुने देशहरुको छैटौँ नम्बरमा पर्दछ । पाकिस्तानसँग अहिले १४५ परमाणु हतियारहरु छन् ।

७. भारत

भारतले आफ्नो पहिलो परिक्षण १८ मे सन् १९७४ मा स्माइलिंग बुद्धको नामबाट गरेको थियो । परमाणु परिक्षण गर्ने भारत छैटौँ देश हो । भारतसँग अहिले १३५ एटम हतियार रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?