नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने १५ जना फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याइएको भेटिएको छ ।
बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश , शिक्षक प्रहरी र सार्वजनिक संस्थानका कर्मचारी रहेको आजको राजधानी दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?