सीपी मैनालीको कार दुर्घटनाबारे सीआइबीद्वारा छानबिन गर्न माग

काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालको कार दुर्घटनाबार छाविन गर्न माग गरेको छ । उक्त दुर्घटनाको सीआइबीद्वारा छानमिनको माग गर्दै पार्टीको प्रतिनिधिमण्डलले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादललाई भेट गरेको छ ।

पार्टीले गत फागुन १५ गते झापाबाट राजधानी फर्कने क्रममा महोत्तरी जिल्लाको बर्दिवास रातु नदी नजिक भएको उक्त दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै उक्त दुर्घटनाको सीआईबीद्वारा छानबीन गराई सत्यतथ्य जनता समक्ष ल्याउन माग गरेको हो ।

पार्टीले उक्त कार्यका योजनाकार र दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न माग गरेको हो । साथै पार्टीले दुर्घटनामा गम्भीर घाइते भएका महासचिव, परिवारका अन्य सदस्यहरु र कार चालकको उपचारको निम्ति काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु-याईएकोमा नेपाल सरकारप्रति आभार सहित हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीद्वयले महासचिव मैनालीको शिघ्र स्वास्थलाभको कामना गर्दै सीआईबीद्वारा घटनाको छानविन गराई चाँडै सत्यतथ्य जनता समक्ष ल्याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?