अब हुँदैन मास्क अभाव, दैनिक १० हजार मास्क उत्पादन

कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

‘उपकरण भए उद्योगीले जति पनि मास्क उत्पादन गर्न सक्छौं भनेका छन्,’ उनले भने, ‘मास्क सहजै उत्पादन तथा बिक्रीवितरण गर्न जे–जति आर्थिक वा अन्य सहयोग गर्नुपर्छ, हामी गर्छौं ।’ कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?