म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम विस्फोट

याङ्गुन, १८ माघ । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने– उनको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन आक्रमणकारीहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । उनले भने– बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उहाँको नै बढी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?