डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलिगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको रु दश लाख कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो ।
पदमार्ग निर्माण उपभोक्ता समितिसँगको मिलेमतोमा वडा नं २ का सव–ओभरसियर जङ्गबहादुर थापाले तयार पारेको अन्तिम कार्यसम्पन्न प्रतिवेदनको आधारमा तत्कालीन निमित्त कार्यकारी प्रमुख हीराचन्द्र धरलाले कामै नभएको योजनामा रकम भुक्तानी दिएको पाइएको हो । कामै नभएको योजनामा ठूलो रकम भुक्तानी दिएको कुरा बजारमा चर्चा परिचर्चा हुन थालेपछि यसको चौतर्फी आलोचना हुन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया