मोटरसाइकलको ठक्करबाट कांग्रेसको स्थानिय नेताको निधन

काठमाडौं । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदाल यात्रुको निधन भएको छ । साथै मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ३ मा पश्चिमबाट पूर्वतर्फ गईरहेको से ७ प ९११८ मोटरसाईकलको ठक्करबाट पैदल यात्री स्थानीय ५५ बर्षीय लोकवहादुर खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका खत्रीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल चालक गौरीगंगा नगरपालिका वडा नम्वर ७ का २१ बर्षीय अशोक चौधरी र मोटरसाईकलमा सवार धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का १८ बर्षीय राजेश चौधरी पनि घाईते भएका छन्।

उनीहरु दुबै जनाको उपचार भईरहेको छ भने मोटरसाईकल नियन्त्रणमा लिईएको छ। मृतक खत्री गौरीगङ्गा ३ झिलमा रहेको शिव सिन्दुर सामुदायिक बनका पुर्ब अध्यक्ष तथा नेपाली काङ्ग्रेस वडा सचीव समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?