डोटी – डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन्। यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए।
उनका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा र्याल जस्तो पानी बग्ने गरेको छ। विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नहुँदा अहिले विद्यार्थी बडीकेदार गाउँपालिका(१ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको सो विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताए।
उनले भने, ुविद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको छ।ु प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले विद्यार्थी कसरी र के कारणले बिरामी परेका हुन् सो विषयमा बुझ्न तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाइएको बताए।
यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला“पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्”, उनले भने, “एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि भने छैन ।”
अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन् । गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको उनले जानकारी दिए । उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन् ।
उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताए । “एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्” उनले भने।
उक्त लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन् । केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिकजसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिए ।
काठमाडौँबाट फर्केकाबाट फैलिएको आशङ्का
काम विशेषले काठमाडौं गएर गाँउ फर्केका व्यक्तिबाट रोग फैलिएको र एक घरमा दुई जनासम्म बिरामी परेका स्थानीय ताम्बा लामाले बताए । भर्खरै चिसो मौसमबाट गर्मी मौसम शुरु भएकाले रोग मौसमी फ्लुसमेत हुनसक्ने स्थानीय स्वास्थकर्मीको आशङ्का छ ।
अज्ञात रोगका कारण गाउँनै थला परेको खबर पाएपछि प्रहरी र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा गइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । स्थानीय जयबहादुर लामा र ताम्बा लामा निवेदन सहित गाँउमा स्वास्थ्यकर्मी औषधिसहित पठाउन माग गर्दै नगरपालिका कार्यालय पुगेका थिए । परेका स्थानीय सुवास लामाले जानकारी दिए ।
– रासस
फोटो गुगलबाट लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया