काठमाडौँ – वैदेशिक रोजगार बोर्डले श्रमस्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
यसअघि बोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित परिवारलाई मात्रै क्षतिपूर्ति दिने गरेको थियो ।
बोर्डका अध्यक्ष समेत रहेका श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवको अध्यक्षतामा बसेको बोर्डको बैठकले आर्थिक सहयोग गर्ने बाटो खोलिदिएको हो ।
यो निर्णयले तत्काल दुई सय एक जना मृतक कामदारका परिवारले राहत रकम पाउने भएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया