काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ बोल्न सक्नुहुन्छ, तर दुखाइ कम गर्न औषधि दिएको हुँदा आराम गराइएकोले बोल्न दिइएको छैन ।
संक्रमण हुन नदिन अहिले उहाँलाई कसैलाई भेट्न नदिएको चिकित्सकले बताएका छन् ।
यस्तै मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्यतर्फ उन्मुख छ ।
हिजो उहाँको मृगौलाको सफल प्रत्यारोपण गरिएको थियो । शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । हिजै साँझ ओलीलाई होस आएको थियो । होस आएपश्चात् हिजै उहाँलाई आराम होस् भनेर चिकित्सकले निद्रा लाग्ने औषधि दिएका थिए ।
चिकित्सकका अनुसार उहाँका सबै मुख्य सूचकाङ्क राम्रो अवस्थामा छन् र प्रत्यारोपित मृगौलाले पनि काम सुरु गरिसकेको छ, ।
नयाँ मृगौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेका थिए । यसको अर्थ हुन्छ प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया