बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ, माघ २१ गते यौन अपराध गरेको आरोप

काठमाडौं – नेकपाका प्रदेश सांसद अक्कलबहादुर रावल बलात्कारको अभियोगमा बुधवार पक्राउ परेका छन् । फागुन १५ गते एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सांसद अक्कल बहादुर रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा उजुरी गरेकी थिईन् । महिलाले आफूलाई माघ २१ गते बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महिलाको उजुरीपछि प्रहरीले खोजी गर्दा फेला नपरेका रावल बुधबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा आफैँ उपस्थित भएका थिए ।

उनी प्रहरीमा उपस्थित भएसँगै नियन्त्रणमा लिएर हिरासतमा लिइएको हो ।

आरोप लगाउने महिला सांसद रावलको चिनजानकै हुन्।

रावल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा विजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?