कार्यालयमै बसेर सिडिओले भ्रमणभत्ता लिने गरेको खुलासा

प्रमुख जिल्ला अधिकारी जिल्लामा सरकारका प्रमुख प्रतिनिधि हुन् । अन्य सरकारी कार्यालयमा निगरानी र निर्देशनको अधिकारसमेत उनीहरूलाई हुन्छ । समग्र जिल्लामा सुशासन कायम गर्ने जिम्मेवारी बोकेका सिडिओहरू आफैँ अनियमिततामा संलग्न हुने गरिएको भेटिएको छ । कतिसम्म भने सिडिओहरूले कार्यालयमै बसेर अनुगमनमा गएको भनेर भ्रमणभत्ता लिने गरेको छानबिनमा खुलेको छ ।

भ्रमण तथा अनुगमनका लागि सिडिओले कतै स्वीकृति गराउन नपर्ने भएकाले नक्कली कागजपत्र बनाएर दुरुपयोग हुने गरेको हो । यस्तो विकृति बढेपछि गृह मन्त्रालयले कडाइ सुरु गरेको छ । अनुगमनमा गएको पर्याप्त प्रमाण पेस गरेर मात्र भत्ता लिन गृहले हालै ७७ जिल्लाकै सिडिओलाई पत्राचार गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?