चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी

काठमाडौं । सरकारको आग्रह पछि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्रै सम्पन्न गराउने तयारी भएको छ ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको थियो ।

यसबारे प्रतिक्रिया दिँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकार र आफूहरुले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको बताए ।
विद्यालयहरुले यसअघि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत १३ गतेपछि गर्ने गरी तयारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?