भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए आईतवारबाट सोशल मिडिया नचलाउने संकेत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार राती सोशल मिडिया चलाउन छोड्ने संकेत दिएको भारतीय सञ्चारमाध्याम वेबदुनियाँले जनाएको छ ।

उक्त संकेत पछि सारा भारतभरि नै प्रधानमन्त्री मोदीको चर्चा चुलिएको थियो । साथै शशि थरुरले गरेको एक ट्वीट पनि चर्चाको विषय बनेको छ ।

आम सर्वसाधारणहरुले आखिर मोदी एक्कासी सामाजिक सञ्जालबाट किन टाढा हुँदै छन् भन्ने बारे प्रश्न गर्न थालेका छन् ।

मोदीसँग आम मानिसहरु सोशल मिडिया नछोड्न अपिल गरिरहेका छन् । कसैले भने सामाजिक सञ्जालमा ‘मोदी नभए हामी पनि छैनौँ’ भनेर सामाजिक सञ्जालमा पोस्ट शेयर गरेका छन् ।

त्यसैबीच भारतीय कांग्रेस नेता शशि थरुरले पनि एक ट्वीट गर्दै मोदीले सोशल मिडिया छोड्ने संकेतले आफू चिन्तित भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सबैलाई चकित पार्ने ट्वीट गरेका थिए । उनले आफ्नो ट्विटर अकाउण्टमा लेखेका छन्,  ‘म सोचिरहेको छु कि यस आईतवारबाट म सोशल मिडिया छाडौँ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीको यस ट्वीट पछि सोशल मिडियामा खैलाबैला मच्चिएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युब आउँदो आईतवारबाट छोड्ने बताएका हुन् । साथै उनले बाँकि कुरा छिटै शेयर गर्ने पनि बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?