आइसोलेसन वार्ड छैन, आवश्यक परे क्याबिनलाई नै वार्ड बनाउने तयारी

विश्व स्वास्थ्य संगठनका अनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीमा रोग फैलिन नदिन हरेक अस्पतालले छुट्टै ‘आइसोलेसन वार्ड’ स्थापना गरी उपचार गर्नुपर्छ । तर, नेपालमा यस्तो व्यवस्था छैन । हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि भएका क्याबिनलाई आइसोलेसनको नाम दिइएको छ । क्याबिनका १० बेडलाई आइसोलेसन भनिएको छ । टेकु अस्पतालमा जम्मा चार आइसियू बेड छन् । तर, अधिकांश समय एचआइभीका बिरामीले भरिएका हुन्छन् । कोरोनाका बिरामी आए आइसियू, भेन्टिलेटर आवश्यक पर्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रशासन प्रमुख रूपनारायण खतिवडा अस्पतालमा रहेका चार आइसियू बेड अहिले पनि अन्य बिरामीले भरिएको बताउँछन् ।

यता वीर अस्पतालमा ११ बेड आइसियू सञ्चालनमा छन् । अहिले सबै बेड बिरामीले भरिएको निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउँछन् ।नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?