दुबई- दुबईबाट बहराइन जान लागेका ३० नेपालीलाई नेपाल नै फर्काइएको छ । विश्वभर कोरोनाको प्रकोप बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
विश्वभर कोरोनाको प्रकोप तीव्र रुपमा फैलिन थालेपछि उनीहरुलाई स्वदेश फर्काइएको बताइएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने या नराख्नेबारे केहि बताइएको छैन ।
यसअघि नेपाल सरकारले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभा – सम्मेलनसमेत स्थगित गरेको छ ।
हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि कोरोनाको कारण भोज भतेर तथा भिडभाड नगर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया