कोरोनाको कहर : नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभासम्मेलन स्थगित 

काठमाडौं – ६४ वटा राष्ट्रमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिलेसम्म विश्वभरिबाट ३ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै,  ८८ हजार ४ सय ४३ जनामा भाइरसको संक्रमण देखिइसकेको छ ।

चीनमा मात्रै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ भने ८० हजार २६ जना यस भाइरसबाट संक्रमित छन् । र, ४४ हजार ४ सय ६२ जना उपचारपछि घर फर्किईसकेका छन् ।

यसैबीच विश्व व्रमाण्ड आतंकित बनाएको कोरोनाको कारण नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेका छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ ।

विश्‍वभर कोरोनाको आतंक फैलिँदै गएपछि पूर्वसावधानी स्वरुप उक्त कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?