प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

आइतवार भरतमोहन स्मृती सभामा प्रचण्डको सम्बोधन पश्चात उनले जृुत्ता प्रहार गरेका थिए । भने उनलाई तत्काल प्रहरीले समातेर हिरासतमा राखेको थियो । उक्त जुत्ता प्रहार प्रकरणको छानबिन गर्न समिती गठन गरिएको छ । एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

प्रहरीको अनुसन्धानका क्रममा तिरूवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता प्रहार गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका थिए ।

यससँगै छानविनको लागि एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । छानविन समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् । साथै एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् । सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा समिति गठन गरिएको हो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?