गणितको यस्तो प्रश्नः एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर कति होला ?

काठमाडौं, १७ माघ । चीनको शुनकिङ जिल्लामा प्राथमिक तहका बच्चाहरुलाई गणित विषयको परीक्षमा सोधिएको अनौठो प्रश्न पढेर छक्क परे अनि सामाजिक सञ्जालमा हावा झैँ फैलियो । यो प्रश्नकक्षा ५ का बच्चाहरुलाई सोधिएको थियो । उनीहरु औसत उमेर ११ वर्षका छन् प्रश्नपत्रको तस्वीर र प्रश्नको जवाफ दिने बच्चाहरूको कोशिश चीनको सामाजिक सञ्जालमा भाइरल भयो स्वाभाविक रूपमा यो प्रश्न माथि बहस पनि भयो । शिक्षा विभागले यसको जवाफ पनि दियो । जवाफमा विभागले भने, कुनै भूलवश यो प्रश्न नराखिएको बरू बच्चाहरूलाई जागरुक बनाइरहनका लागि प्रश्न सोधिएको बताइयो यस प्रश्नको जवाफ दिँदै एक बालकले भने, ‘कप्तानको उमेर कम्तीमा १८ वर्ष होला किनकि जहाजको कप्तान हुनका लागि वयस्क हुनुपर्छ ।’अर्का विद्यार्थीले अनुमान लगाए र जवाफ दिए, ‘कप्तानको उमेर ३६ वर्ष होला किनकि २६ र १० जोड्दा ३६ हुन्छ ।’एक छात्रले त हार नै माने र प्रश्नको जवाफामा उनले लेखे, ‘कप्तानको उमेर … मलाई थाहा छैन । म यस प्रश्नको उत्तर दिन सक्दिनँ ।’तर इन्टरनेटमा मानिसहरूले यस्ता सोझा उत्तर दिएनन् चीनको माइक्रोब्लगिङ वेबसाइट वीबोमा एक व्यक्तिले सोधे, ‘यो प्रश्नको कुनै तुक छैन । शिक्षकलाई यसको उत्तर थाहा छ ?’अर्का व्यक्तिले सोधे, ‘कुनै विद्यालयमा २६ शिक्षक छन् र तिनमा १० जना बेवकूफ छन् भने प्राचार्यको उमेर कति होला ?’तर केही मानिसले विद्यालयको बचाउ गरे । उनीहरूले विद्यार्थीको बुद्धिमत्ता जाँच्नका लागि प्रयत्न गरिएको बताए वीबोमा एक व्यक्तिले लेखे, ‘यो प्रश्नले विद्यार्थीहरूलाई सोच्ने मौका दियो ।’एक अर्का व्यक्तिले भने, ‘यो प्रश्नले बच्चाहरूलाई उनीहरूको विचार जान्न लगाउँछ । उनीहरूलाई सिर्जनात्मक हुने अवसर दिन्छ । यस्ता थप प्रश्न उनीहरूलाई सोध्नुपर्छ ।’शुनकिङको शिक्षा विभागले यस बहसमा एक बयान जारी गरेर आफ्नो कुरा राख्यो उनका अनुसार, बच्चाहरूलाई स्वतन्त्र रूपमा सोच्नका लागि सक्षम बनाउन र जागरुकतालाई जाँच्नका लागि यो प्रश्न सोधिएको थियो चीनको शिक्षा व्यवस्था पारम्परिक रूपमा नोट बनाउन र घोक्नमा जोड दिन्छ । आलोचकहरूका अनुसार, बच्चा यसरी सिर्जनात्मक हुन पाउँदैनन् वीबोमा एक व्यक्तिले पोस्ट गर्दै लेखे, ‘जनावरहरूको औसत तौलका आधारमा २६ भेडा र १० बोकाहरूको तौल सात हजार ७०० किलो हुन्छ । चीनमा पाँच हजार किलोभन्दा बढी कार्गो जहाज चलाउने लाइसेन्स लिनका लागि कम्तीमा पाँच वर्षको अनुभव हुनु जरूरी हुन्छ । चीनमा २३ वर्षभन्दा कम उमेरका व्यक्तिलाई जहाज चलाउने लाइसेन्स दिन सकिन्न । त्यसैले जहाजका कप्तानको उमेर कम्तीमा २८ वर्ष अवश्य हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?