दिल्ली हिंसामा मर्नेको संख्या ४६ पुग्यो, हिंसा भड्काएको भन्दै २५४ जना गिरफ्तार

काठमाडौं । हप्ता दिन अगाडि भारतको राजधानी नयाँ दिल्लीस्थित उत्तर पूर्वी क्षेत्रमा भएको हिंसामा परेर मृत्यु हुनेको संख्या आजसम्म आइपुग्दा ४६ पुगेको छ।

दिल्ली प्रहरीले प्रहरीले नालीमा तीनजनाको शव फेला पारेसँगै मृतकको संख्या बढेर ४६ भएको हो । भारतीय सञ्चारमाध्यामका अनुुसार हिंसामा परेर करिब दुई सयभन्दा धेरै घाइते भएका छन्।

हिंसामा हेड कन्सटेवल रतनलालका साथै एक आइबी अफिसरको मृत्यु भएको थियो ।

हिंसा फैलाएको आरोपमा दिल्ली प्रहरीले २ सय ५४ जनाबिरुद्ध एफआइआर दर्ता गरेको छ भने लगभग ९०० भन्दा धेरै मानिसलाई प्रहरीले पक्राउ गरेको छ।

नागरिकता संशोधन विधेयकको विरोध गरिरहेको मुश्लिम समुदाय र सीएएको समर्थनमा रहेको हिन्दुत्ववादी समूहबीच गत सोमबारदेखि हिंसात्मक झडप भएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?