काठमाडौं । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापनका लागि कानुनी व्यवस्था माग गर्दै विधेयक दर्ता गरिएको छ । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले ‘प्राइभेट बिल’ (गैरसरकारी विधेयक) दर्ता गराएका हुन् । गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयक उनले तयार पारेका हुन्।
२०६२/६३ को आन्दोलनबाट संसद पुनर्स्थापना भएयता पहिलोपटक ‘प्राइभेट बिल’ दर्ता भएको हो। पूर्वकानुनमन्त्री रहेका तामाङले मन्त्रालयको सहमति लिएर विधेयक दर्ता गराएको जनाएका छन् । साथै उनले तयार पारेका मस्यौदा अनुसार गाँजा खेती सरकारले तोकेको स्थान र क्षेत्रफलमा हुनेछ। यस्तै मूल्य निर्धारण सरकारले गर्नेछ। भने आन्तरिक बजारमा विक्री गर्न पाइने छैन।
साथै कुनैपनि कानुन कानुन सरकारले तयार गरेर संसदमा प्रस्तुत गर्ने गर्दछ। तर सांसदहरूले पनि आफ्नै पहलमा कानुनको मस्यौदा तयार पारेर संसदमा प्रस्तुत गर्न पाउँछन्। यही अधिकार प्रयोग गर्दै तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक दर्ता गराएका हुन्।
यस्तो विधेयक दर्ता गराउन कानुन मन्त्रालयको अनुमति भने प्राप्त हुनुपर्छ ।
प्राइभेट बिल सांसदहरुको विशेषाधिकार मानिन्छ। यसअघि तीन वटा कानुन प्राइभेट बिलबाट बनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया