काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको लागि अस्पताल पुगेका छन् । फागुन २१ गते बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपण गरिने भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ र त्यसपछि ओली भर्ना हुनेछन् । ओलीलाई भाञ्जी पर्ने झापाकै एक महिलाले मिर्गौला दिन लागेको निकट स्रोतहरुको दाबी छ। तर, परिचय भने हालसम्म गोप्य राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया