अभियुक्तलाई जोगाउनेमा ओली र देउवा उस्तै

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच समानता देखिएको छ– दुवैले आ–आफ्नो दलका आरोपित नेताहरूलाई छानबिन हुनुअघि नै निर्दोषिताको प्रमाणपत्र दिएका छन् ।

यस्तो प्रमाणपत्र ओलीले हालै अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई दिएका हुन् भने देउवाले केही महिनाअघि रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई।

मुलुकमा छानबिन गर्ने निकाय छन्, प्रहरी प्रशासन छ तर पार्टीका अध्यक्ष र सभापतिहरू आफूलाई मन परेको नेतामाथि अभियोग लाग्यो भने हतार–हतार कुनै अनुसन्धान नै नगरी निर्दोषिताको प्रमाणपत्र दिन्छन्। नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?