रुखले किचेर २ को मृत्यु

काठमाडौं । रुखले किचेर ओखलढुंगामा दुई जनाको मृत्यु भएको छ । यहाँको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रागादीप खिम्ली सैमलका ५८ बर्षिय राजकुमार राई र ४० बर्षिय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए ।

शनिबार दिउसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनिहरुको ज्यान गएको प्रमुख राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?