सुनसरी – प्रदेश १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्याउने गरी कुनै गल्ती नगरेको बताएका छन् ।
राईलाई आफ्नो पति दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए ।
उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे ।
शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए ।
दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार मुख्यमन्त्री राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया