भक्तपुरबाट ८ जोडी समातिए

भक्तपुर । प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ ।

ती स्थानमा अनैतिक कार्य हुँदै आएको सूचनाका आधारमा छापा मारेर १६ जनालाई पक्राउ गरेको हो ।
जसमा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

यस क्षेमा सामाजिक बिकृतिका रुपमा बिकास भईरहेको छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शद्धिकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको डीएसपी जोशीको भनाई छ ।

पीसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको हो ।
अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुदैं प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?