हालै गरिएको एउटा अध्ययनअनुसार गर्भावस्थामा देब्रे कोल्टो सुत्दा कुनै खास फाइदा हुँदैन । अर्थात गर्भावस्थामा आमाको सुत्ने स्थितिले शिशुको स्वास्थ्यमा कुनै असर हुँदैन ।
यतिसम्म कि गर्भधारणको पहिलो तीन महिनामा गर्भवतीको सुत्ने स्थितिको नवौं महिनामा कुनै असर हुँदैन ।
उताह विश्वविद्यालयद्वारा ६ महिनासम्म ९ हजार गर्भवती महिलाको सुत्ने तरिकाबारे विश्लेषण गरेर यो अध्ययन गरिएको हो ।
अध्ययनमा गर्भावस्थाको ३० साताभन्दा पहिलेको महिलालाई सामेल गरिएको थिएन ।
अध्ययनमा के पाइयो भने जसले दाहिने कोल्टो वा उत्तानो अवस्थामा सुत्न रुचाए, उनीहरुमा उच्च रक्तचाप, मृत शिशुको जन्म वा शिशुको आकार सानो हुनुजस्ता गम्भीर समस्याको जोखिम देब्रे कोल्टो सुत्ने महिलाको दाँजोमा थियो ।
-कान्तिपुरबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया