सीपी मैनाली दुर्घटनामा परेपछि मालेले भन्यो– दुर्घटना अस्वभाविक र नियोजित, छानबिनको माग

काठमाडौं । सीपी मैनाली सवार गाडी दुर्घटनामा परेपछि नेकपा मालेले दुर्घटना अस्वभाविक र नियोजित भएको बताएको छ ।

झापामा एउटा पारिवारिक कार्यक्रमबाट राजधानी फर्कने क्रममा महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक विपरित दिशाबाट आएको गाडीले महासचिव सवार कारलाई गलत कोणबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको मालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मालेका महासचिव कुमार बेल्बासेले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ । हामी सरकारसंग उक्त दुर्घटनाको तथ्य तथा त्यस अन्तरनिहित दुर्नीयत योजनाको समेत छानबीन गरी सत्यतथ्य जनता समक्ष ल्याउन र कुनीयतजन्य योजनाकार र दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न जोडदार माग गर्दछौं ।’

उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका महासचिव , उनका छोराबुहारी पुजा मैनाली, ५ बर्षीय नाती एन मैनाली तथा कारचालक रामप्रससाद पौैडेललको शिघ्र स्वास्थ्यलाभको कामना समेत मालेले गरेको छ । घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?