सञ्जय टकलालाई १९ करोड ४४ लाख जरिवाना

काठमाडौं । हाल जेल सजाय भोगिरहेका पूर्वराज्यमन्त्री संजय कुमार साह (टकला) लाई अदालतले १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना तथा सोही बराबरको बिगो जफत हुने फैसला सुनाएको छ ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैदसहित सो फैसला सुनाएको हो ।
विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा अन्तिम सुनुवाइ सम्पन्न भएको हो ।

पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियारले साढे ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोग छ । उनी जनकपुर बम विस्फोटका नाइके समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?