माले महासचिवको ग्राण्डीमा उपचार हुँदै, कस्तो छ अवस्था ?

काठमाडौं । सडक दुर्घटनामा घाइते भएका मालेका महासचिव सीपी मैनालीको राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरीको बर्दिबासमा भएको दुर्घटनामा उनी र परिवारका सदस्यसहित ५ जना घाइते भएका थिए ।
घाइतेलाई नेपाली सेनाको हलिकप्टरबाट काठमाडौं ल्याइएपछि ग्राण्डीमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार मैनालीको अवस्था खतरामुक्त रहेको छ । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँच्चिएको छ भने शरीरमा भित्रि चोट देखिएको छैन ।
उनी सवार बा७च २१२० नम्बरको जिपलाई विपरित दिशाबाट आइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो ।
यसैबीच नेकपा मसालले मैनालीको स्वास्थ्यलाभको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?