सिपी मैनाली चढेको कार दुर्घटना, मैनाली गम्भिर घाईते, काठमाडौं ल्याईँदै

काठमाडौं । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन् । महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार महोत्तरीको बर्दिवासमा दुर्घटना भएको हो ।

बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा उनी गम्भिर घाईते भएका हुन् ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?