२०७६, १४ फाल्गुन बुधबार २०:४४

सरकारले अमेरिकासँग हतियार किन्ने


प्रकाशित मिति : २०७६, १४ फाल्गुन बुधबार २०:४४

सरकारले अमेरिकासँग हतियार किन्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अमेरिकासँग जी टु जी प्रक्रियाबाट एम १६ हतियार किन्ने बताएका हुन् । रक्षा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले हतियार किन्ने निर्णय भएपनि प्राविधिक कारणले ढिलाई भएको बताए ।
रकम भूक्तानीको प्रक्रियाबारे टुङ्गो लगाउन बाँकी रहेकाले ढिलाई भएको बताउँदै उनले हतियार किन्ने पक्का भएको बताए ।
मन्त्री पोखरेलले पत्रकारले राखेको जिज्ञासामा अमेरिकी सहयोग परियोजना एमसीसीमा सेनाको भूमिका राखिएको वा नराखिएको बारे अध्ययन गरिने भन्दै नेपाली सेना अन्तर्राष्ट्रिय वा क्षेत्रीय रुपमा कुनै अर्को पक्षसँगको सैन्य गठबन्धनमा सहभागी नहुने बताए ।

प्रतिक्रिया दिनुहोस