दिल्ली हिंसा अपडेटः मृतकको संख्या २४ पुग्यो, हेल्पलाइन नम्बर सार्वजनिक

काठमाडौं । भारतको उत्तर पूर्वी दिल्लीका केहि इलाकामा भएको हिंसाका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २४  पुगेको छ ।

आईतवारबाट शुरु भएको हिंसाले अहिलेसम्म २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्याम वेबदुनियाँले खबर प्रकाशित गरेको छ ।

गत आइतवार देखि नै फैलिएको हिंसा आजसम्म पनि तनावपूर्ण रहेको छ । पुलिस प्रशासनले तनावग्रस्त इलाकामा धारा १४४ लागु गरेको छ ।

घाइतेहरुको पत्ता लगाउन दिल्ली पुलिसले आज ५ अस्पतालमा सम्पर्क गरेर हेल्पलाइन नम्बर जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?