दिल्लीमा ८ महिने शिशुमाथि बलात्कार, स्वास्थ्य अवस्था गम्भिर

नयाँ दिल्ली, १६ माघ । भारतको राजधानी नयाँ दिल्लीस्थित शकुर वस्तीमा एक ८ महिने शिशु बलात्कृत भएकी छन् ८ महिने शिशुमाथि नातामा दाई पर्ने २८ वर्षीय युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कारपश्चात बालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ बलात्कारका आरोपीलाई सोमबार नै प्रहरीले पक्राउ गरिसकेको छ । बच्चीलाई छोरीको साथमा छाडेर काममा गएका आमाबुवा फर्कंदा छोरीलाई रक्ताम्य अवस्थामा देखेपछि अस्पताल लगेका थिए अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको यकिन भएको थियो । युवकले बच्चीसँग खेल्ने भन्दै उनीहरु बस्दै आइरहेको भवनको सुनसान कुनामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ आरोपीले अपराध स्वीकार गरिसकेका छन् । यस प्रकारको कुकृत्यमा संलग्नलाई कडा सजाय दिन स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?