दिल्ली हिंसाः बिजेपी नेता कपिल मिश्राले गरे विवादित ट्वीट

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्राले विवादास्पद ट्विट गरेका छन् ।

दिल्लीमा भईरहेको हिंसालाई लिएर हाईकोर्टले नेता भड्काउने खालको भाषण नदिनु भन्ने आदेश गरेपछि पनि कपिलले विवादास्पद ट्विट गरेको भारतीय सञ्चारमाध्यामहरुले खबर प्रकाशित गरेका छन् ।

मिश्राले बिरोधीहरुलाई जवाफ दिँदै आफ्नो ट्विटर अकाउण्टमा जसले बुरहान वानी र अफजल गुरुलाई समेत आतंकवादी मान्दैन, तिनीहरुले कपिल मिश्रालाई आतंकवादी मानिरहेका छन् ।

जो याकुब मेनन, उमर खालिद र शरजील इस्लामलाई रिह ागर्नका लागि कोर्ट जान्छ, त्यसले कपिल मिश्रालाई गिरफ्तार गर्न माग गरिरहेको छ ।

साथै उनले आफ्नो ट्विटमा जय श्री राम पनि लेखेका छन् । उनले यो भन्दा पहिला पनि पटक पटक विवादित बयान दिँदै अएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?