फेरि हलचलमा प्रभु साह : सँधै विवाद र चर्चामा !

त्तारुढ नेपाल कम्युनिस्ट पार्टीको २ नम्बर प्रदेशमा पनि खुट्टा तानातान र मित्रहन्ता गतिविधिले तीव्रता लिन थालेको छ । प्रदेशका पार्टी अध्यक्ष प्रभु साहसहित प्रदेश सचिव सुमन प्याकुरेल, ईन्चार्ज सत्यनारायण मण्डल र उपईन्चार्ज विश्वनाथ साह सहितका नेताहरूले पार्टीमा बसेर पार्टी संगठन, विधान, आचारसंहिताको उल्लङ्घन गर्दै बेग्लै गुट खडा गरेकोले कारवाही गर्न माग गर्दै सत्तारुढ नेकपाकै एकथरि नेताहरू नगेन्द्र चौधरी र महेन्द्र पासवान सहितको एक पक्ष फागुन १३ गते पार्टी महासचिव विष्णु पौडेलसमक्ष ज्ञापनपत्र दिन पुगेका छन् ।

प्रभु साहको असन्तुष्टि र निरासा धेरै पहिलेदेखि सतहभित्रको ज्वालामुखीजस्तो हँुडलीँदै आएको थियो । वर्तमान मन्त्रिपरिषदमा ठूलै हेरफेर गरेपछिको विषयलाई लिएर गत मंसिर ५ गते प्रभुले एक ट्विट गर्दै ‘लेनदेनको आधारमा’ मन्त्री राख्ने वा हटाउने काम गरेको भन्ने गम्भीर आक्षेप लगाएका थिए, “कार्यसम्पादनका आधारमा मन्त्रिमण्डल गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता लागू भएको पनि देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौँ ।”

यसको जवाफमा वरिष्ठ नेता माधव नेपालको निकट मानिएका सत्तारुढ नेकपाकै अर्का नेता (पत्रकार÷लेखक पनि) विष्णु रिजाल प्रभुविरुद्ध खनिए । लेनदेनको आधारमा मन्त्री बनाएको कुरालाई रिजालले अत्यन्त आपत्तीजनक मात्र मानेनन्, प्रभु साहलाई हत्याको मुद्दा झिकेर जेल नै पु¥याउन सकिनेसम्मका कुरा यसरी कोट्याएका थिए, “…..पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहिन अभिव्यक्तिप्रति ध्यान जान जरुरी छ । अँ, साँच्चि काँशी तिवारीको हत्याकाण्डको फायल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रुपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है !”

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्री के.पी. शर्मा ओली, तर माधव नेपालनिकट विष्णु रिजाल नै प्रभु साहको आक्षेपलाई ठाडो जवाफ दिनुपर्ने हदसम्म किन ओर्लिए होलान् भन्ने प्रश्नको जवाफ पाउन यतिमात्र यथार्थ खुलेको छ कि माधव र प्रभु दुवै रौतहट जिल्लालाई निर्वाचन क्षेत्र बनाएका त्यहीँका नेता हुन् । तर माधव पूर्वएमाले नेता र प्रभु पूर्वमाओवादी । यसमा जिल्लाको राजनीति हावी भएको हुनसक्छ ।

प्रभु साहकी पत्नी रीनाकुमारी साह रौतहटको मौलापुर नगरपालिकाका मेयर निर्वाचित भएकी हुन् । निर्वाचनका बेला प्रभु सहरी विकास मन्त्री थिए । रीनाको निर्वाचन पछि पूर्वएमाले कार्यकर्ताहरू रीना भारतको विहारमा जन्मेकी हुन् भनी सकेसम्म प्रपोगण्डा गरिरहेका छन् । प्रभु मन्त्री रहेकै बेला पीएका रुपमा सहयोग पु-याएका सियाराम कुशवाहा पनि मेयर निर्वाचित भए । त्यसकारण रौतहटमा प्रभुको बलियो बर्चश्व माधव नेपालका लागि टाउको दुखाईको विषय हुनसक्छ ।

यसै पनि राष्ट्रिय राजनीतिमा जिल्लाको राजनीति र जुँगाको लडाईँ हावी हुने गरेको छ ।

माओवादीमै रहँदा वीरगञ्जस्थित विश्वहिन्दु महासंघका युवा नेता काशी तिवारीको शनिबार १२ असार ०६६ का दिन हत्या गरेको अभियोगमा प्रभु मुछिएका छन्, त्यो मुद्दाबाट अझै पनि सफाई पाएका छैनन् । ०६७ सालमा अदालतले मुद्दाबारे पैरवी गर्दै रहँदा उनी भूमी सुधार तथा व्यवस्था मन्त्रीमा बहाल थिए । त्यसैले मुद्दा चलेपनि प्रमाण नपुगेको भन्ने आधारमा यो मुद्दा मुल्तबीमा राखेको छ ।

प्रभुका निकटतम सहयोगी तथा रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहालाई त गोली नै चलाएका व्यक्तिका रुपमा दोषी ठहर भई जेल पठाईसकिएका व्यक्ति हुन् तर कताकताबाट उनी पूरा कैद भुक्तान नहुँदै छुटे ।

प्रभु साह पूर्वमाओवादीमा रहँदा डा. बाबुराम भट्टराई समर्थक नेता हुन् । २०६१ भदौको फुन्टिवाङ् बैठकपछि बाबुरामले नेतृत्व केन्द्रीयकरणका विषयलाई लिएर कात्तिक २६ गते हेडक्वार्टरविरूद्ध चारबुँदे असहमतिपत्र दर्ता गराएका थिए । मंसिर १५ गते उहाँले १३ बुँदे राजनीतिक बहसका विषय प्रचण्डलाई बुझाएका थिए ।

त्यसपछि रूकुमकै लावाङ्मा बसेको पोलिटब्युरोको बैठकले बाबुराम, उनकी पत्नी हिसिला यमी र दीनानाथ शर्मालाई कारवाही ग-यो । बाबुरामलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरियो । प्रभु साह (मुक्ति), वैकल्पिक केन्द्रीय सदस्य तुलसी ओझा (अनवरत) आदि पनि कारवाहीमा परी जिम्मेवारीबिहिन बनाइएका थिए ।

प्रभु साहमाथि हाल गुटबन्दी गरेको भन्ने जुन आरोप लगाएर उनलाई पार्टी अध्यक्षबाट हटाउन लागिएको छ, यसका पछाडि बरिष्ठ नेता माधव नेपालको हात नहोला भन्न सकिन्न ।

यसो भन्ने आधार माधव निकट विष्णु रिजाल प्रभुलाई जवाफ दिन उभिएको यथार्थबाट पनि अनुमान लगाउन सकिन्छ ।

माधव नेपालनिकट विष्णु रिजाल नै प्रभु साहको आक्षेपलाई ठाडो जवाफ दिनुपर्ने हदसम्म किन ओर्लिए होलान् ? सिधा जवाफ छ माधव नेपाल र प्रभु साह दुवै एउटै निर्वाचन क्षेत्र बनाएका त्यहीँका नेता हुन् ।

तर माधव पूर्वएमाले नेता र प्रभु पूर्वमाओवादी । यसमा जिल्लाको राजनीति हावी भएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?