अमेरिकाद्वारा ११ देशका शरणार्थीमाथिको प्रतिबन्ध फुकुवा

वासिंगटन, १६ माघ । अमेरिकाले ‘अति जोखिमपूर्ण’ भनिएका ११ वटा देशका शरणार्थीमाथिको प्रतिबन्ध अधिकारीहरूले हटाएको छ यद्यपि अमेरिका प्रवेश गर्नका लागि नयाँ सुरक्षा व्यवस्थाको सामना गर्नुपर्ने छ । आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले शरणार्थीको मान्यता दिनुअघि सुरक्षा जोखिमको जाँच गरिने बताएकी छन् ट्रम्प प्रशासनले सन् २०१७ को अक्टोबरमा १० वटा मुस्लिम बहुल देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने घोषणा गरेको थियो मन्त्री निल्सनले भनिन्, ‘अमेरिका कसले प्रवेश गर्न लागेको हो त्यो हामीले थाहा पाउनु महत्वपूर्ण कुरा हो शरणार्थी लिन रोक लगाइएका देशको नाम अहिलेसम्म औपचारिक रूपमा उल्लेख नगरिएपनि इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमनले प्रतिबन्धको असर झेलेका छन् पछिल्लो तीन वर्षयता अमेरिका प्रवेश गर्नेमध्ये ४० प्रतिशतभन्दा बढी शरणार्थी ती ११ मुलुकबाटै आएको बताइन्छ । गत अक्टोबरमा ट्रम्प प्रशासनको प्रतिबन्ध कार्यान्वयनमा आएपछि आर्थिक वर्ष २०१८ मा शरणार्थीहरूको संख्या आधाले घटेर ४५ हजार पुगेको छ रोयटर्सका अनुसार अक्टोबरयता ती ११ देशबाट २३ जना शरणार्थी मात्रै अमेरिका पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?